चैत १८, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य कृष्णप्रसाद पाण्डे एमालेमा प्रवेश गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उप–प्रधान एवम् एमालेका महासचिव ईश्वर पोखरेलले पाण्डेलाई एमालेमा प्रवेश गराएका हुन् ।
नवप्रवेशी राप्रपाका केन्द्रीय सदस्य पाण्डेले कमल थापा र उनको समूहले जनतालाई झुक्काएको आरोप लगाए । उनले राप्रपामा रहेर केही पनि गर्न नसकिने भएपछि एमालेमा प्रवेश गरेको बताएका छन् । उप–प्रधान एवम् एमालेका महासचिव पोखरेलले नवप्रवेशी पाण्डेललाई ईमान्दार भएर पार्टीमा काम गर्न निर्देशन दिए ।