• २०८३ जेष्ठ १७ गते आइतवार

एशियन गेम्स पुरुष क्रिकेट क्वालिफायर्सको पहिलो खेलमा आज नेपाल र चीन खेल्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १७, काठमाडौं । नेपालले आज सिंगापुरमा हुने पुरुष एशियन गेम्स क्वालिफायर्सको पहिलो खेल खेल्दैछ । नेपालले आज चीनसँग आफ्नो पहिलो खेल खेल्दैछ । यो खेल नेपाली समय अनुसार बिहान सवा ७ बजेदेखि शुरु हुदैछ ।

यस प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको छ । नेपाली टिममा दिपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, आसिफ सेख, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, लोकेस बम, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ सेख, सोमपाल कामी, करण केसी र साहब आलम रहेका छन् ।

पुरुष एशियन गेम्स क्वालिफायर्समा नेपालसहित ८ देशले भाग लिदैछन् । जसमा समुह ए मा नेपाल, मलेसिया, कतार र चीन रहेका छन् भने समुह बी मा ओमान, हङकङ, बहराइन र सिंगापुर रहेका छन् । प्रतियोगितामा नेपालले आज चीनसँग, जुन २ मा कतारसँग र जुन ४ मा मलेसियासँग खेल्ने तालिका रहेको छ ।

टी-२० फर्म्याटमा खेलिने यस प्रतियोगितामा सेमिफाइनलमा पुग्ने चार देश एशियन गेम्समा छनौट हुने एसियन क्रिकेट काउन्सिलले जनाएको छ । एशियन गेम्समा कुल १० देशले भाग लिदैछन् । जसमा जापान आयोजकको रुपमा सहभागी हुदैछन् भने आइसीसीका पूर्ण सदस्य भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान स्वत छनौट भएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस