• २०८३ बैशाख ७ गते सोमवार

बालाजु बाईपासमा सूचना केन्द्र निर्माण हुँदै, मन्त्री र मेयरबाट शिलान्यास

जनताको जित भयोः मन्त्री मानन्धर, महानगरका अन्य स्थानमा पनि सूचना केन्द्र निर्माण गर्छौ : मेयर शाक्य
खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

चैत १८, काठमाडौँ । महानगरपालिकाको स्वामित्वमा रहेको बालाजुको कित्ता नम्बर ९९ र १२५ मा सूचना केन्द्र निर्माण हुने भएको छ । करीब एक करोड लागतमा बालाजु बाईपासमा सुविधा सम्पन्न सार्वजनिक शौचालयसहितको सूचना केन्द्र निर्माणको आज सहरी विकास राज्यमन्त्री रामविर मानन्धर र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले संयुक्त रुपमा शिलान्यास गर्नुभयो ।

No description available.

जनताको जित भयोः मन्त्री मानन्धर

बाईपासमा निर्माण हुने सुचना केन्द्रले उत्तरी क्षेत्रबाट हुने आवागमनको लगत राख्ने मन्त्री मानन्धरले जानकारी दिनुभयो । सूचना केन्द्रबाट बालाजुबाट बाहिरिँदा पुगिने ठाउँ र भित्र आउँदा आवश्यक पर्ने सेवा प्राप्त हुने ठाउँका बारेमा जानकारी दिइनेछ । ‘काठमाडौँबाट बालाजु नाकाहुँदै बाहिरिने र भित्रिने सवारीको अभिलेखीकरण राख्ने, यातायातबारे सुचना राख्ने र सर्वसाधारणलाई काठमाडौँबारे जानकारी दिने उदेश्यले सूचना केन्द्रको निर्माण गर्ने तयारी गरेका हौँ,’ मन्त्री मानन्धरले भन्नुभयो, ‘बाइपासलाई विवादित बनाउने प्रयास भएपनि अहिले जनताको जित भएको छ । सार्वजनिक जग्गा संरक्षण गर्नु सरकारको दायित्व हो । सार्वजनिक सम्पतिको संरक्षणमा सरकार सचेत छ । मन्त्री मानन्धरले ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न उपत्यकाका विभिन्न स्थानमा सरकारले अत्याधुनिक सुविधासहितका यस्ता केन्द्र स्थापना गर्ने लक्ष्य लिएको पनि जानकारी दिनुभयो । ‘राजधानीको फोहर व्यवस्थापनमा महानगरसँग नेपाल सरकारले सहकार्य गर्छ,’ उहाँले भन्नुभयो, ‘उपत्यकामा खानेपानी र फोहरको समस्या अब चाँडै दीर्घकालिन रुपमा समाधान हुनेछ ।

No description available.

महानगरका अन्य स्थानमा पनि सूचना केन्द्र निर्माण गर्छौः मेयर शाक्य

कार्यक्रमलाई सम्वोध गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले सूचना केन्द्रको निर्माणले राजधानीबाट ल्याण्डफिल्ड साइट जाने फोहरका गाडीको लागत राख्न सहयोग पुग्ने अपेक्षा रहेको बताउनुभयो । ‘सूचना केन्द्रमा उपत्यका र काठमाडौं महानगरसम्बन्धी आवश्यक सबै सुचना उपलब्ध गराइने छ,’ उहाँले भन्नुभयो, ‘सूचना केन्द्रबाट पर्यटक र सर्वसाधारणलाई काठमाडौं र उत्तरी क्षेत्रहुँदै पुगिने नुवाकोट रसुवा गोरखा जाने बाटो लगायतबारेमा पनि सूचना दिइनेछ ।

No description available.

शाक्यले सार्वजनिक सुचना केन्द्रसँगै आधुनिक शौचालय निर्माण हुने पनि जानकारी दिनुभयो । ‘महानगरका अन्य स्थानमा पनि सूचना केन्द्र र सार्वजनिक शौचालय निर्माण गर्ने महानगरपालिकाको योजना अघि बढाएको छ,’ उहाँले भन्नुभयो, ‘काठमाडौँ महानगरपालिकाले निर्वाचनका बेला व्यक्त गरेका प्रतिवद्वता अनुसार काम गरिरहेको छ । फोहर व्यवस्थापनलगायतका सन्र्दभमा पनि महानगरले आवश्यक पहल जारी राखेको छ ।

No description available.

कार्यक्रममा वडा–१६ का अध्यक्ष मुकुन्द रिजालले महानगरका थुप्रै ठाउँमा यपप्रकारका सूचना केन्द्र र सार्वजनिक शौचालय स्थापना गर्न आवश्यक रहेको बताउनुभयो । सूचना केन्द्रको निर्माण कार्य उपभोक्ता समितिमार्फत भइरहेको छ । महानगरपालिकाको ९५ लाख ६० हजार र उपभोक्ताले १० लाख ६० हजार व्यहोर्ने उपभोक्ता समितिमा अध्यक्ष हरिओम मानन्धर र सचिव समिर भण्डारीले जानकारी दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस