• २०८३ बैशाख २७ गते आइतवार

थप १०५ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या २ लाख ७० हजार ९ सय ५९ जना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १८,काठमाडौँ। थप १ सय ५ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७० हजार ९ सय ५९ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या २ हजार ५ सय ९४ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज २ सय ८८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ६६ हजार ३ सय ३६ जना रहेको छ । आज २ जनाको मृत्युभएसगै मृत्यु हुनेको संख्या २ हजार २९ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस