• २०८३ बैशाख १७ गते बिहिवार

सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्च: प्रचण्ड–माधव समूहलाई फेरी लाग्यो झट्का

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १८, काठमाडौँ। विभाजित नेकपाको प्रचण्ड–माधव नेपाल समूहलाई फेरी अर्को झट्का लागेको छ । तत्कालीन एमालेको सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष शिवहरी सापकोटा शुक्रबार साँझसम्म प्रचण्ड–माधव नेपाल समूहमा थिए ।

शनिबार मञ्चले काठमाडौंमा आयोजना गरेको कार्यक्रम सफल पार्न सक्रिय रहेका थिए तर, शनिबार बिहान प्रचण्ड–माधव समूहको कार्यक्रमलाई नगइ केपी ओली पक्षको सम्पर्क मञ्चको कार्यक्रममा सहभागी भएसगै ओली पक्षले स्वागत समेत गरेका छन । उक्त कार्यक्रममा उनले भने, ‘नबुझ्दासम्म प्रधानमन्त्री ओलीले संसद विघटन गरेर गल्ती गरेजस्तो लागेको थियो । जब माओवादीका प्रचण्ड पक्षीय कार्यकर्ताको रवैया थाहा भयो, तब ओली कसरी बाँध्य हुनुभएको रहेछ भन्ने बुझें, र यता आएँ ।’

May be an image of 8 people, including Binod Khanal, people standing and text that says 'FONE ONE ÎÎ देवी हल S1 A'

पूर्वएमालेका कार्यकर्तामाथि रजाइँ गर्नकै लागि प्रचण्डले पार्टी फुटाएको टिप्पणी गर्दै उनले भने, ‘कोही कोही साथीले अझै बुझ्नु भएको छैन, पूर्वमाओवादीको नियत बुझेपछि धेरै साथीहरु यतै आउनुहुन्छ । सापकोटा मात्रै होइनन्, एमाले–माओवादी एकतापछि बनेको सम्पर्क मञ्चका संयोजक राजन आचार्य पनि शनिबार ओली पक्षमा खुलेका छन । त्यस्तै प्रचण्ड–माधव पक्षमा कट्टर कार्यकर्ता भनेर चिनिएका विनोद खनाल पनि सापकोट र आचार्यसँगै ओली पक्षमा आएका छन ।

Sharing

प्रतिक्रिया दिनुहोस