पौष १५, काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले ५ बुँदे परिपत्र जारी गरेको छ । बागमती प्रदेश प्रथम अधिवेशन आयोजक कमिटीको दोस्रो पूर्ण बैठकले उक्त प्रदेश अन्तरगतका १३ वटैं जिल्ला कमिटीलाई परिपत्र गरेको हो ।
प्रदेश कमिटी अध्यक्ष केशबराज पाण्डेको अध्यक्षता र केन्द्रीय कमिटीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यता एवम् इन्चार्ज काशीनाथ अधिकारी, सहइन्चार्ज कमरेडहरु कृष्णगोपाल श्रेष्ठ, शेरबहादुर तामाङ, अरुण नेपाल, आनन्दप्रसाद पोखरेल र पार्वत गुरुङको विशेष उपस्थितिमा बि.जी व्याङ्केट गंगबु काठमाडौँमा सम्पन्न भयो । बैठकले लिएका महत्वपूर्ण निर्णयहरु मध्येतत्काल कार्यान्वयन गर्नुपर्ने विषयहरु यो परिपत्रको रुपमा जारि गरिएको छ ।

