• २०८३ असार ५ गते शुक्रवार

१६ किलो चरेससहित २ पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १५, कैलाली । प्रहरीले बझाङबाट धनगढी आउँदै गरेको जीपमा १६ किलो चरेससहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिप चालक बझाङको बुंगल नगरपालिका–११ देउलीकोटका २८ वर्षीय वीर बोहरा र ४० वर्षीय गमिलाल बोहरा छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीका अनुसार जीपको सिटमुनि लुकाइराखेको अवस्थामा चरेस फेला परेको हो । उनका अनुसार कैलालीको चुरे गाउँपालिका–५ बेल्चापलान भन्ने स्थानमा से १ ज ७१८ नम्बरको जिप जाँचका क्रममा सोमबार राति १६ किलो चरेस फेला परेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस