• २०८३ जेष्ठ १० गते आइतवार

अवैध लागूऔषध सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १४, काठमाडौं । प्रहरीले बिराटनगर महानगरपालिका-१६ हुलास चोकबाट नियन्त्रित लागूऔषध ६ एम्पुल लुपिजेसिक, ६ एम्पुल डाईजेपाम, ६ एम्पुल एभिल र ६ एम्पुल फेनारगन सहित सुनसरी बराहक्षेत्र नगरपालिका-७ बस्ने २१ वर्षीय दिब्य राईलाई मंगलबार बिहान पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका राईलाई जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी कास्की, पोखरा महानगरपालिका-१० बुद्धचोकबाट नियन्त्रित लागूऔषध ३१ एम्पुल डाईजेपाम, ३१ एम्पुल फेनारगन र ३१ एम्पुल नुर्फिन सहित सोही महानगरपालिका-८ नागढुङ्गा बस्ने २४ वर्षीय बिकल रानालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । ग.११ प १८७० नम्बरको स्कुटरमा लागूऔषध ओसारपसार गरेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा स्कुटरको भाईजरमा लुकाई ल्याएको अवस्थामा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

यसैगरी सर्लाही, गोडैता नगरपालिका-१२ मधुवनि गाउँबाट अवैध लागूऔषध करिब १० केजी २ सय ग्राम गाँजा मंगलबार बिहान प्रहरीले बरामद गरेको छ । बा.४८ प ९९५६ नम्बरको मोटरसाइकलमा लैजाँदै गरेको अवस्थामा प्रहरी चौकी मधुवनी गाउँबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्तिहरू गाँजा छोडेर फरार भएपछि प्रहरीले बरामद गरेको हो । हाल फरार व्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस