मंसिर १४, विराटनगर । प्रदेश १ सरकारले मुख्य न्यायाधिवक्तामा अधिवक्ता भोजराज श्रेष्ठलाई नियुक्त गरेको छ । मुख्यमन्त्री राजेन्द्र राईले नेकपा ९एकीकृत समाजवादी० निकट बुद्धिजीवी परिषद् मोरङ अध्यक्ष रहेका अधिवक्ता श्रेष्ठलाई मुख्य न्यायधिवक्ता नियुक्त गरेका हुन् ।

नियुक्तिपछि प्रदेश प्रमुखको कार्यालयमा उच्च अदालत विराटनगरका मुख्यन्यायाधीश तिलप्रसाद श्रेष्ठले मुख्य न्यायाधिवक्तामा श्रेष्ठलाई पद तथा गोपनीयताको शपथग्रहण गराए । श्रेष्ठ इटहरीको जनता बहुमुखी क्याम्पसका पूर्व प्रमुखसमेत हुन् ।