मंसिर १४, दैलेख। दैलेखमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार बाख्रा चराउन गएकी नारायण नगरपालिका(४ सोतकी ६३ वर्षीया मैसरा कटुवालको भिरबाट लडेर मृत्यु भएको हो ।
कटुवाल रातापानी भिरबाट २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।