• २०८३ बैशाख १४ गते सोमवार

नगद छ लाखसहित ५ जना जुवाडे पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १४, काठमाडौं । प्रहरीले कोटेश्वरबाट साढे ६ लाख रुपैयाँसहित ५ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार कोटेश्वरको कोटदेवी मन्दिर नजिक ईश्वर कार्कीको घरमा जुवा खेलिरहेका घरधनी ईश्वर कार्की, पेप्सीकोलाका नवराज थपलिया, काभ्रेका दीपक तामाङ, दीपक तिम्सिना र रामेछापका सागर केसीलाई पक्राउ गरेको हो ।

प्रहरी प्रभाग, कोटेश्वरबाट परिचालित टोलीले छापा हान्दा २० बुक ताससहित ६ लाख ५८ हजार तीन सय रुपैयाँ बरामद गरेको छ । पक्राउ परेका उनीहरुविरुद्ध जुवा ऐन अनुसार कानूनी प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस