• २०८३ जेष्ठ ७ गते बिहिवार

सञ्चारमन्त्री कार्कीद्वारा सुनसरीमा बाढीबाट डुबान एवं कटान क्षेत्रको निरीक्षण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १३, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरीमा बाढीबाट डुबान एवं कटान क्षेत्रको आज निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा केही दिनअघिको बेमौसमी वर्षासँगै आएको बाढीबाट प्रभावित इनरुवा–८ स्थित गहिडा टोलका ४१ घर परिवारलाई उहाँले राहतसमेत वितरण गर्नुभयो ।

त्यसैगरी भोक्राहा नरसिंह गाउँपालिका–४ र ५ मा सुनसरी खोलाले कटान गरेको बाँधको मन्त्री कार्कीले स्थलगत निरीक्षण गर्नुभएको छ । सोही सिलसिलामा बाढीमा डुबेर मृत्यु भएका भोक्राहा नरसिंह गाउँपालिका–७ का कलर मण्डलको परिवार र केही दिनअघि प्रहरीको हिरासतमा आत्महत्या गरेका मोहमद हकिम मियाँको परिवारसँग पनि भेटघाट गर्नुभयो ।

त्यसैगरी बाढीका कारणले भोक्राहा नरसिंह गाउँपालिका–८ मा रहेको दुई वटा मदर्शामा भएको क्षतिको विषयमा उहाँले जानकारी लिनुभएको कोशी गाउँपालिकाका अध्यक्ष तथा नेपाली कांग्रेस ४ नम्बर क्षेत्रका सभापति अयुव अंसारीले बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस