साउन, १५ काठमाडौं । मोरङ बेलबारी नगरपालिका–९ तिनकुटिया स्थित सडकखण्डमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ, भने एकजना गम्भीर घाईते भएको छन् । मोटरसाईकल चालक बेलबारी–९ का २८ वर्षीय उमेश चौधरीको दुर्घटनामा ज्यान गएको हो ।
हिजो राती १० बजे दक्षिणबाट उत्तर जादै गरेको प्र. १–०२–०४३ प ५७६८ नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडकको साईडमा रहेको बिजुलीको पोलमा ठक्कर खाई दुर्घटना भएको थियो । सो दर्घटनामा परि गम्भिर घाईते भएका चौधरीको न्युरो अस्पताल विराटनगरमा राती ११ बजे ज्यान गएको थियो । मोटरसाईकल पछाडी सवार सोही स्थानका ३० वर्षीय श्रवण कुमार विश्वास गम्भीर घाईते भई सोही अस्पतालमानै उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोटरसाईकल अस्थाई प्रहरी चौकी डाँगाबजारमा रहेको छ ।