असार १६, कञ्चनपुर । कृष्णपुर नगरपालिका-४ मौवाफाटास्थित ४० वर्षीय तेज बहादुर साउदको पसलमा तास खेलिरहेको अवस्थामा साउद लगायत ६ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
साउदको पसलमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गुलरीयाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६५ हजार रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।