असार १६, काठमाडौं । नेकपा (एमाले) दशौं महाधिवेशन आयोजक कमिटीको बैठक आज बुधबार ११ बजे बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने तयारी भएको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो ।
आजको बैठकले केन्द्रीय कमिटीको बैठक बोलाउने र महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गर्ने नेता तामाङले बताउनुभयो । महाधिवेशन आयोजक कमिटीको सम्भवतः आजको बैठक अन्तिम हुने उहाँले बताउनुभयो ।
नेकपा एमाले र माओवादी केन्द्रको एकता बदरबारे सर्वोच्च अदालतले गत फागुन २३ गते फैसला गरेपछि एमालेले महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो ।