• २०८३ बैशाख ७ गते सोमवार

जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्ड क्वाटरफाइनलमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १६, एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा उपाधि दाबेदार जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ ।मंगलबार राति भएको प्रि-क्वाटरफाइनलमा जर्मनीलाई २-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम आठमा पुगेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७५ औं मिनेटमा लुक शको पासमा स्ट्रर्लिङले गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८६ औं मिनेटमा ज्याक ग्रेलिसको पासमा कप्तान केनले हेडरमार्फत गोल गर्दै इंग्ल्यान्डलाई २-० को जित दिलाए । ।

यससँगै इंग्ल्यान्ड क्वाटरफाइनलमा पुग्ने सातौं टिम बनेको छ । इंग्ल्यान्ड दोस्रो पटक युरोकपको क्वाटरफाइनलमा पुगेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस