• २०८३ बैशाख ५ गते शनिवार

एकपटक अध्यक्षसँग संवाद गर्नुहोस माधव कमरेड !

इन्दिरा पन्त पढ्न लाग्ने समय : ३ मिनेट

कमरेड माधव नेपालले एकाबिहानै कमरेड केपी वलीलाई फोन गर्नु भो । र, वहाँलाई भेट्न बालुवाटार जानु भो । वहाँहरुले आज सम्मका आ-आफ्ना गल्तिहरुको समिक्षा गर्दै पार्टी कार्यकर्ता र आम जनतासँग माफी माग्ने निर्णय गर्नु भो । बाँकी जीवन देश, जनता र पार्टीका लागी निस्वार्थ ढ्ंगले समर्पित गर्ने प्रतिज्ञा गर्नुभो ।

कम्युनिष्ट आन्दोलन, लोकतन्त्र, गणातन्त्र लगायत आजसम्मका तमाम उपलब्धी समाप्त पार्न, जुधाएर, फुटाएर, एक अर्काको राजनितिक जीवन “वध” गर्न र ईतिहासलाई, तपाँईहरुको योगदानलाई गर्न कलंकित गर्न लागिपरेका पर्दा पछाडिका खलनायक लाई गतिलो जवाफ दिनुभो भन्ने समाचार पढ्ने मन छ ।

कृपया तपाँईहरुको इगो पराजित गर्नुहोस । कसैले तपाईलाई यसो गर्न रोकेका छन भने ति तपाँईका आफ्ना मान्छे होईनन । तपाँईहरु दुबै नमिल्दा फाईदा देख्ने मात्र यो मिल्न नदिने खेलमा लागेका छन । त्यस्ता मान्छे दुबै तिर छन । र, ति चरम र उग्र मान्छेहरुले खती गराउछ्न ।

माधव कमरेड !
बुढानिलकण्ठ जादै गर्दा एकपटक बालुवाटार छिर्नुहोस्, तपाँईका लामो राजनैतिक जीवनका सहयात्री केपी ओलीलाई भेटेर अन्तिम वार्ता गर्नुहोस न प्लिज । आज तमाम कार्यकर्ता यही कामना गर्दैछन । कृपया तपाँईहरुको इगो पराजित गर्नुहोस । कसैले तपाईलाई यसो गर्न रोकेका छन भने ति तपाँईका आफ्ना मान्छे होईनन । तपाँईहरु दुबै नमिल्दा फाईदा देख्ने मात्र यो मिल्न नदिने खेलमा लागेका छन । त्यस्ता मान्छे दुबै तिर छन । र, ति चरम र उग्र मान्छेहरुले खती गराउछ्न ।

तपाँईको निष्ठा र ईमान्दारितामा कसैले प्रश्न गरेका छैनन । तर केही गुनासो अवश्य गरेका छन । एकपटक केपी कमरेडसँग अरु कसैले मिलाईदिएको भेट होईन, आफ्नै पहल र प्रयत्नमा संवाद गरे हुन्थ्यो भन्ने चाहाना धेरैको छ ।

एकपटक सोच्नुहोस । यो पार्टी बनाउन तपाँईले धेरै योगदान गर्नुभएको छ । तपाईका सहयोद्दाहरु, सहिदहरु र ति निर्दोश कार्यकर्ताहरुको अनुहार सम्झनुहोस, र जतिसुकै त्याग गर्नु परेपनी पार्टी एकता जोगाउनुहोस । ति सबैले केही मागेका छैनन । मात्र आन्दोलन जोगाईदिनुहोस ।

कमरेड, तपाँईको निष्ठा र ईमान्दारितामा कसैले प्रश्न गरेका छैनन । तर केही गुनासो अवश्य गरेका छन । एकपटक केपी कमरेडसँग अरु कसैले मिलाईदिएको भेट होईन, आफ्नै पहल र प्रयत्नमा संवाद गरे हुन्थ्यो भन्ने चाहाना धेरैको छ । कृपया प्रयत्न गर्नुहोस !

बुढानिलकण्ठ जाँदा नघटेको स्वाभिमान आफ्नै पार्टिका अध्यक्ष र प्रधानमन्त्री भेट्न बालुवाटार जाँदा घट्दैन कमरेड ।

देश, जनता र पार्टीका खातिर तपाँईका ति जिद्दी साथीलाई एकपटक भेट्नुहोस । आगामी राजनितिको डरलाग्दो परिदृष्यका बारेमा संवाद गर्नुहोस । दुबै दिशातर्फ डुङ्गा खियाउँदा कोही पनि गन्तब्यमा पुग्दैन । यो काम बन्द गर्नुहोस । आज समयले माधव नेपाल सँग यस्तो राजनीतिक परिपक्कता खोजेको छ । एकपटक अध्यक्ष सँग संवाद गर्नुहोस कमरेड !!!

(लेखक नेकपा एमालेको नेतृ हुनुहुन्छ । )

Sharing

प्रतिक्रिया दिनुहोस