जेठ १६, काठमाडौं ।सरकारले आ ब २०७८/७९ को बजेट यहि जेष्ट १५ गते प्रस्तुत गरेको छ । आगामी आर्थिक बर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ अर्ब रुपैयाँको बजेट प्रस्तुत भएको छ ।

नेपालको राजनीतिमा ब्यबस्था फेरिएपनि अवस्था उस्तै रह्यो, पात्र फेरिएपनि प्रवृति उस्तै भयो । चरित्रमा दाग नलागेको भनिएपनि नैतिक धरातल जहांको तही रहेर नै आज कुर्चीबेगर बाँच्न नसक्ने दल र नेताहरुको कारण देशमा फेरिपनि अस्थिरताले जरो गाड्ने छाट कांट देखिन्छ ।
समग्रमा बजेटमा समेटिएका कुराहरु :
१)बृद्ध भत्तामा ३३% बृद्धि गरी मासिक रु ४००० पुर्याइयो ।
२)निषेधाज्ञा अवधि भर २० यूनिटसम्म बिजुली खपत गर्नेलाई सत प्रतिशत र १५० यूनिटसम्म खपत गर्नेलाई २०% छुट ।
३)माध्यामिक तहदेखि माथिका विद्यार्थीलाई अनलाइन कक्षाको लागि ल्यापटप ख़रीद गर्न बढिमा रु ८०००० सम्म १% ब्याजमा सहुलियत ऋण दिने ।
४) युवा उद्यमीलाई १% ब्याजदरमा ऋण उपलब्ध गराउने ।
५) ३बर्षभित्र रासायनिक मल कारखाना स्थापनाको लागि १२ अर्ब रकम ।
६) सरकारी तथा निजी क्षेत्रमा कार्यरत कर्मचारीलाई १० दिनको तलबसहित पर्यटन काज दिने ।
७) दुध र तरकारीमा २ बर्ष, गहूँमा ३ बर्ष र धानमा ५ बर्षभित्र आत्मनिर्भर बनाइने ।
८) टिभीमा मौसम च्यानल सन्चालन गर्ने र उपत्यकामा मौसम सम्बन्धि जानकारी दिने अत्याधुनिक राडार जडान गर्ने ।
९) शैक्षिक प्रमाणपत्र धितो राखि रु २५००००० सम्म ऋण ।
१०)बोधिचित्त,पाँचओले, जटामासी,यार्सागुम्बा लगायत बहुमूल्य बनस्पतिको उत्पादन,प्रशोधन र बजारीकरण गर्ने ।
११)पेट्रोलियम सवारी साधनलाई २०८८ सम्ममा बिधुतीय सवारीले विस्थापित गर्ने ।
१२)नेपालमा सवारीमा प्रयोग हुने पार्टपूर्जा र बिधुतीय सवारी निर्माण तथा एसेम्बल गर्ने उद्योग स्थापना गर्न बिदेशी कम्पनीलाई सहजीकरण ।
१३) E-Commerce सम्बन्धि कानून निर्माण ।
१४) उपत्यकामा प्रदुषण गराउने उधोगहरुलाई मकवानपुरमा स्थानान्तरण गरिने ।
१५) जाजरकोटमा रूबी र लोमानथांगमा यूरेनियम उत्खनन, उत्पादन,संरक्षण गरिने ,धौवादी फलाम कंपनीको सेवा सुरुवात ।
१६) झापाको चारआलीदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन ३ बर्षभित्र बिस्तार गर्ने ।
१७) कक्षा १२ सम्म निशुल्क पुस्तक र महिलालाई निशुल्क स्यानिटरी प्याड बितरण गर्ने ।
१८) सांझा यातायात मार्फ़त १०० वटा बिधुतीय बस संचालन ।
१९) आबू खैरेनी पोखरा सड़क ४ लेनको बनाइने ।
२०)श्रमजीवी पत्रकारलाई ७लाखको दुर्घटना बीमा ।
२१) ई-पासपोर्ट जारी गरिने ।
२२) सरकारी कर्मचारीको तलबमा रु २००० बृद्धि गरिने ।
२३) सबै नागरिकलाई २ बर्षभित्र राष्ट्रिय परिचयपत्र दिइने ।
२४)सबै प्रदेशमा निजामती बिद्यालय स्थापना गरिने ।
२५) चितवनमा राम मन्दिर निर्माण गरिने ।
२६) जड़ीबूटी-कोटेश्वरमा सुरङ्ग मार्ग निर्माण गरिने ।
२७) १०० शैय्याको अस्पतालले अनिबार्य अक्सिजन प्लान्ट स्थापना गर्नुपर्ने ।
२८)१६२९ मेगावाट बिजुली राष्ट्रीय प्रसारण लाइनमा जोडने ।
२९) आगामी वर्ष सम्ममा सवैले लाल्पुर्जा पाउने भएका छन । यसको मतलव कोहिपनि भुमीहिन हुनेछैनन ।
३०) प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्व ।
३१) कोभिडको कारण हालको अवस्थालाई मध्यनजर राख्दै यो रोग नियन्त्रण तर्फ रु ३७ अर्व ५३ करोड बिनियोजन ।
के घट्यो : बिधुतीय सवारी, बच्चाले खाने दुध , स्टार्टअप ब्यबसाय , कृषिका यान्तृक उपकरण, औधोगिक कच्चा पदार्थ, दीर्घकालिन लगानिकर्ता पुंजीगत लाभकर, बिध्युतिय होम एप्लाइन्स
के बढ्यो : मदिरा सुर्तीजन्य पदार्थ, हल्का पेय पदार्थ, चकलेट, अल्पकालिन लगानिकर्ताको पुंजीगत लाभकर, सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलव
यसरी अर्थमन्त्री बिष्णु पौडेलले केही अलोकप्रिय कार्यक्रम हटाएर धेरै लोकप्रिय कार्यक्रम थपेका छन् । जसमा पत्रकार जगतलाई इतिहासमै पहिलो पटक निःशुल्क उपचारदेखि दुर्घटना बीमा लगायतका धेरै सुविधा दिइएको छ ।
सामाजिक सुरक्षा भत्ता बृद्धि, स्वास्थ्य स्वयंसेविकादेखि वाल कक्षाका शिक्षिकाहरुको तलब बृद्धि जस्ता कुराले घर घरमा राहत पुगेको छ ।
गत बर्षको तुलनामा करिव १ खर्ब ७३ अर्ब रुपैयाँ ठूलो आकारको बजेट प्रस्तुत गर्दै पौडेलले ६.५ प्रतिशतको आर्थिक बृद्धि गर्ने लक्ष्य राखेका छन् । त्यस्तै मुद्रास्फिती समेत ६.५ प्रतिशतको बाञ्चित सिमाभित्र रहने उल्लेख गरिएको छ ।
कृषिजन्य उत्पादनतर्फ तरकारी, दूध र माछा मासुको ढुवानी गर्दा किसानलाई २५ प्रतिशत अनुदान दिने व्यवस्था बजेट मार्फत गरिएको छ ।
प्रतिकृया :
# साधारण खर्चमा बढी जोड: सुरेन्द्र पान्डे ,
# बजेटले आशा जगाएको छ : शेखर गोल्छा,
# बजेट चुनावी घोषणापत्र: रामसरण महत ,
# शब्दजालको पुलिन्दा : ज्ञानेन्द्रबहादुर कार्की,
# संशिधित अनुमान हांसिल हुन गार्हो: महेश आचार्य ,
# बुढेसकालको सहारा : बृद्द बृद्दा ,
# ल्यापटप हामीले नि चलाउन पाइने भो : सर्वसाधारण बिध्यार्थी ,
# तलवको मापदन्ड समान : प्राय: तल्लो दर्जाका कर्मचारी,
# के २५ लाख ऋण पाइएला त ? बिध्यार्थी ,
# रोजगारीमा आफ्ना र पहुच हुनेले त होलानि बाजी मार्ने : शिक्षित बेरोजगार ,
# के सरकारले नीजि अस्पत्तालको कुरा नकार्न नसकेरै हो त सरवसाधारण ब्यक्तिको पौचमा पुग्ने गरी निशुल्क स्वास्थ्य सेवा सवैको लागि कार्यक्रम नल्याएको : सर्वसाधाराण
यसर्थ समग्रमा भन्नुपर्दा बजेटले प्राय: सवै क्षेत्र समेटेको छ । स्वभाविकरुपमा दलीय पद्दतीमा जुन दलको सरकार छ त्यो दलले पक्कैपनि जनहितको कार्यलगाएत केही आफुनुकूल बजेट त ल्याउंछ नै तर बजेट प्रस्तुत हुनु मात्र ठूलो कुरा होइन कि कार्यान्वयन क्षेत्र फित्तलो नहोस भन्ने सवैको चाहना हो ।
हुन त, नेपालको राजनीतिमा ब्यबस्था फेरिएपनि अवस्था उस्तै रह्यो, पात्र फेरिएपनि प्रवृति उस्तै भयो, चरित्रमा दाग नलागेको भनिएपनि नैतिक धरातल जहांको तही रहेर नै आज कुर्चीबेगर बाँच्न नसक्ने दल र नेताहरुको कारण देशमा फेरिपनि अस्थिरताले जरो गाड्ने छाट कांट देखिन्छ ।
सोचौं, कामना गरौं कि, यदि हामी आफैमा अस्थिरताको जरो एकापसमा गाडियो भने, पक्कै पनि बिदेशीले खेल्ने मौका पाउंछ, यो नहोस ! यदि बिदेशीको हालिमुहाली चल्न दिने हो भने सोच्नुहोस कि, न रह्यो बाँस, न रह्यो बाँसुरी ! सवैले एकापसमा इगो नराखि सोच्ने बेला आएको छ ।