• २०८३ बैशाख ४ गते शुक्रवार

इराक-नेपाल मैत्रीपूर्ण खेल : इराकसँग नेपाल ६-२ गोल अन्तरले पराजित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १६, बसरा । घरेलु टिम इराकविरुद्धको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले फराकिलो हार व्यहोरेको छ । बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा भएको खेलमा नेपाल बलियो टिम इराकसँग ६-२ गोल अन्तरले पराजित भएको हो ।

इराकलाई जित दिलाउन अयमन हुसेन गबधनले दुई गोल गरे । कप्तान अला अब्दुल जहर खासिन, मोहमद अब्दुल्जारा ओबेद, मोहनद अलि र सजाद जासिमले एक एक गोल थपे । नेपालका मनिष डाँगीले एक गोल फर्काउदा इराकका अहमेद इब्राहिम खलाफले एक आत्मघाती गोल गरे ।

Sharing

प्रतिक्रिया दिनुहोस