• २०८३ जेष्ठ २५ गते सोमवार

अवैध लागूऔषध गाँजा सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १७, चितवन । प्रहरीले भरतपुर महानगरपालिकाबाट गाजा सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले भरतपुर महानगरपालिका -२१ रतनपुर बस्ने २१ वर्षीय दिपेश बिकलाई पक्राउ गरेको हो ।

प्रहरी चौकी पार्बतीपुरबाट खटिएको प्रहरीले उनलाई करिब १ केजी ७ सय ग्राम अवैध लागूऔषध गाँजा सहित बिहीबार दिउँसो पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस