वैसाख १७, रामेछाप । नेकपा एमाले पार्टी हित बिपरित कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने नियतका साथ समानान्तर गतिविधि सन्चालनमा लाग्नु भएका निर्वाचित जनप्रतिनिधि र पार्टीका विभिन्न कमिटीमा रहनुभएका नेता कार्यकर्ताहरुलाइ त्यस्ता क्रियाकलाप छोडी पार्टीको मुलधारमा फर्कन नेकपा एमाले जिल्ला कमिटीले आग्रह गरेको छ।

पार्टीको अनुरोधलाई पुन वेवास्ता गरेमा स्पष्टीकरण सोध्ने र चित्त नबुझ्दो स्पस्टिकरण भएमा कामकारबाहीको प्रक्रिया अगाडि बढाउने जिल्ला कमिटीले जनाएको छ। नेकपा एमाले केन्द्रिय सदस्य तथा बागमती प्रदेश संगठनका सह इन्चार्ज काशीनाथ अधिकारीको प्रमुख आथिथ्यतामा सम्पन्न भएको जिल्ला कमिटीको उक्त बैठकले जिल्लाका आठ वटा स्थानीय निकायका आधिकारिक संयोजक र सचीवको नामावली सार्बजनिक गर्नुका साथै सिताराम भण्डारी संयोजक रहने गरि जिल्ला सल्लाहकार कमिटी बनाएको थियो । बैठकमा बागमती प्रदेशका मन्त्री कैलाश ढुङ्गेल र केन्द्रिय सदस्य कमल प्रसाद चौलागाईंको समेत उपस्तिथि रहेको थियो।

त्यस्तै जिल्ला कमिटिले कोभिड १९ कोरोनाबारेमा जनचेतना जागृत हुने कार्यक्रम गर्ने निर्णय गरेको छ। स्थानीय निकायमा भएका बिकास प्रचार प्रसार गर्न नस्क्दा ओझेलमा परेकोले तिनका प्रचारमा लाग्ने समेत जनाएको छ। त्यस्तै जिल्लामा नेकपा एमालेको आफ्नै भवन मदन भण्डारीको स्मृति दिवस जेठ ३ गते शिलान्यास गर्ने निर्णय समेत गरेको छ।