• २०८३ बैशाख १७ गते बिहिवार

राष्ट्रिय युवा संघ १५ वडा कमिटी तथा नेवाः मुस्लिम समाज बीच सहकार्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

बैशाख १७, काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीद्वारा कोरोना सम्बन्धि जनचेतना जगाउने एवं जिल्ला प्रशासन काठमाडौंबाट जारी निषेधाज्ञा बारेमा माइकिङ गर्ने कार्य १५ वडा भित्र गरेको छ। राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीद्वारा आफू पनि बचौ अरुलाइ पनि बचाऔं भन्ने नाराका सहित १५ वडा बासिहरुलाइ कोरोनाबाट बचाउन कमिटीका सदस्यहरुलाई निरन्तर स्वयंसेवकको रुपमा परिचालन गरि अगाडि बढाईरहेक छ।

राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटी तथा नेवाः मुस्लिम समाज बीच सहकार्य गरि आर्थिक स्थिति कम्जोर भएका १५ वडा बासिहरुलाई निः शुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ । उक्त कार्यक्रममा नेकपा एमाले काठमाडौं क्षेत्र नं ८का सचिव उदय पसखल, नेकपा एमाले १५ वडा कमिटीका अध्यक्ष धावा रुम्बा, नेकपा एमाले महानगर सदस्य लक्ष्मण शाही, उद्दब खड्गी, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य एवं क्षेत्र नं ८का उत्प्रेरक, नेकपा एमाले महानगर सदस्य तथा नेवाः मुस्लिम समाजका अध्यक्ष निसार उद्दिन, राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीका अध्यक्ष किसन डंगोल, उपाध्यक्ष नियाज उद्दिन, सचिव संजय शाही, सह(सचिव कपिल शाही खड्गी, सदस्यहरु अनिस महर्जन, दिलिप शाहीहरु उपस्थिति रहेको थियो ।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य एवं क्षेत्र नं ८का उत्प्रेरक,नेकपा एमाले महानगर सदस्य तथा नेवाः मुस्लिम समाजका अध्यक्ष निसार उद्दिनले राष्ट्रिय युवा संघ नेपाल केन्द्र तथा नेवाः मुस्लिम समाजको तर्फबाट क्षेत्र नं ८ मा हरेक समाजिक कार्यमा आवश्यक साथ सहयोग गर्न राष्ट्रिय युवा संघ नेपाल तथा नेवाः मुस्लिम समाज तयार रहेको बताउनु भयो । साथै सम्मानिय प्रधानमन्त्री एव नेकपा एमाले पार्टीका अध्यक्ष केपी शर्मा ओलीको निर्देशन अनुसार राष्ट्रिय युवा संघ नेपाल क्षेत्र नं ८ का युवाहरू यस घडीमा परिचालन हुन तयार हरेको बताउनुभयो ।

राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीका अध्यक्ष किसन डंगोलले राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीले आफ्नो वडा सुरक्षित राख्न यस्ता जनचेतना मुलुक कार्य गर्न राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीका युवाहरु हरपल हरदम तयार रहेको बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस