असोज १६, काठमाडौँ । उपत्यकामा आज हुने कार्यक्रमहरू ।
१.नेपाली काङ्ग्रेस (वी.पी.) को भातृ संघ नेपाल तरुण दल (वी. पी.) काठमाडौं जिल्ला कार्यसमितिको आयोजनामा पार्टीका सभापती र पदाधिकारीको उपस्थितिमा काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नम्बर १० र कीर्तिपुर नगर नेपाल तरुण दल (वी. पी.) को कार्यसमिति घोषणा गर्ने ।
स्थान :- कीर्तिपुर पांगा दोबाटो ।
समय :- ८:३० बजे ।
२.महिला तथा सामाजिक समितिको बैठक बस्ने ।
स्थान :- समितिको सभाकक्ष,सिंहदरबार ।
समय :- ११:०० बजे ।
३.नेपाल वायुसेवा निगम कर्मचारी संघले मिति २०७७/०६/४ गते मन्त्री काे ठाडाे निर्देशनमा sellf ground holding सेवा एकलैाटि रूपमा विदेशी लगानिमा सन्चालित हिमालयन एयरलाइन्स लाई दिएकाे निर्णय राष्ट्र र राष्ट्रिय हित विपरीत रहेकाे ठहर गर्दै गलत निर्णय लाई तत्काल सच्याउन दवाब दिनकाे लागि १२ गते देखि १५ गते सम्म गरेको संघर्षको कार्यक्रमहरूको समीक्षा गर्ने ।
स्थान :- संघको केन्द्रीय कार्यालय,न्यूरोड ।
समय :- १२:०० बजे ।
४.राष्ट्रवादी नागरिक समाज नेपालले राजतन्त्र पुनर्वहालिका लागि र भ्रषटचारी,हत्यारा,बलात्कारी,आतंककारी र कमिसनखोरको विरुद्ध र्याली जुलुस सहित नागरिक सभा कार्यक्रम गर्ने ।
स्थान :- भेला हुने भोटाहिटी चोक ।
समय :- १२:१५ बजे ।
५.अखिल (क्रान्तिकारी) ले राष्ट्रिय स्वाधीनता माथिको हस्तक्षेप,शिक्षा र स्वास्थ्य सम्बन्धि समस्या तथा बलात्कार र हत्या विरुद्ध विरोध प्रदर्शन गर्ने ।
स्थान :-माइतीघर मण्डला ।
समय :- १३:०० बजे ।
६..नेपाल विद्यार्थी संघका महामन्त्री मनोज वैद्यले आहातमा राह कार्यक्रम अन्तर्गत मास्क बितरण कार्यक्रम नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकास शर्माको प्रमुख आतिथ्यतामा सुरु गर्ने ।
स्थान :- बानेश्वर पानी ट्याङ्की ।
समय :- १६:०० बजे ।
७.सञ्चारगृहका पीडित पत्रकार /कर्मचारी संयुक्त संघर्ष समितिले पेशागत सुरक्षाकाे ग्यारेन्टीका लागि मिति २०७७/०६/१५ गते देखि २०७७/०६/२० गते सम्म ५ दिने रिले अनसन बस्ने ।
स्थान :- नयाँ बानेश्वर इन्द्रेणी पुडल्याण्ड नजिक ।
समय :- मिति २०७७/०६/१५ गते १४:२० बजे देखि जारी ।
८.आंशिक प्राध्यापक संघ पाटन संयुक्त क्याम्पस कमिटीले केन्द्रिय निर्देशन अनुसर क्याम्पस प्रमुखको कार्यकक्ष,प्रशासन शाखा र लेखा शाखामा मिति २०७७/०६/१२ गते देखि गरेको तालाबन्दी जारी ।
९.आंशिक प्राध्यापक संघ अमृत साइन्स क्याम्पस कमिटिले केन्द्रिय निर्देशन अनुसर क्याम्पस प्रमुखको कार्यकक्ष,प्रशासन शाखा र लेखा शाखामा मिति २०७७/०६/१३ गते ६:०० बजे देखि गरेको तालाबन्दी जारी ।
१०.आंशिक प्राध्यापक संघ सानोथिमी क्याम्पस कमिटीले केन्द्रिय निर्देशन अनुसर क्याम्पस प्रमुखको कार्यकक्ष,प्रशासन शाखा र लेखा शाखामा मिति २०७७/०६/१२ गते १५:०० बजे देखि गरेको तालाबन्दी प्रगतिशिल प्राध्यापक संगठन सानोठिमी क्याम्पस एकाई समितिका सदस्य जयन्तराज कार्कीले तालावन्दीकाे कारण क्याम्पसकाे कामकाजमा वाधा पुगेकाे भन्दै मिति २०७७/०६/१४ गते फुटाएकाे ताला पुन मिति २०७७/६/१५ गते १३:४० बजे आंशिक प्राध्यापक संघ सानोथिमी क्याम्पस कमिटीले गरेको तालाबन्दी जारी ।
११.त्रि.बि.बि शिक्षण अस्पताल महाराजगंजका पुर्व प्रा.डा.गोविन्द केसीले गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षा लगायतका माग राखी मिति २०७७/५/२९ गते देखी बसेको अनशन जारी रहेको । (हाल त्रिवि शिक्षण अस्पतालकाे NX1भबनकाे ५०१ नम्बर क्याबिनमा उपचार गराइ रहेको ।)
१२.हाम्रो नेपाल हामी नेपाली अभियानले कुलमान घिसिङ्ग को पून नियुक्तिको लागि जन दबाब स्वरूप मिति २०७७/०५/२९ गते देखि हरेक दिन ५ मिनेट बत्ति निभाएर एकेबद्धता जनाउने ।
स्थान :- देशभर ।
समय :- २०:०० बजे देखि २०:०५ बजे सम्म ।
१३.अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) उपत्यका समन्वय समितिले भारतले नेपालको भुमी कालापानी,लिपुलेक र लिम्पियाधुरा क्षेत्र माथिको हस्तक्षेप विरुद्ध बैशाख ३१ गते देखि भारतिय नम्बर प्लेटका गाडिहरु सन्चालनमा प्रतिबन्ध लगाउने ।
स्थान :- देशभर ।
समय :- नखुलेको ।