बैशाख १७, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जसका कारण देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानहरुमा हल्का बर्षा भइरहेको छ।
महाशाखाका अनुसार शुक्रबार दिउसो देशभर आंशिक देखि सामान्य बदली रही देशका पहाडी भू-भागका केही स्थानमा र तराईका एक/दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेको छ । यस्तै राती देशका तराईका भू-भागमा आंशिक बदली र पहाडी भू-भागमा सामान्य बदली रहनेछ।देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग सहित क्षणिक बर्षाको सम्भावना रहेको छ।
महाशाखाले देशका केहि स्थानहरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैलाई अनुरोध गरेको छ।