• २०८३ बैशाख १० गते बिहिवार

ताप्लेजुङमा टिपर दुर्घटना हुदा एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १७, ताप्लेजुङ । बालुवा लोड भएको टिपर अनियन्त्रित भएर सडकबाट खस्दा ताप्लेजुङमा एक जनाको मृत्यु भएको छ । ताप्लेजुङ पाथीभरा याङबरक गाउँपालिका-४ डुम्रिसेस्थित थुम्बेदिन डुम्रिसे सडक खण्डमाप्रदेश ३-०१-०५ ख ९२७१ नम्बरको टिपर बाटो मोड्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खस्दा सहचालक लमजुङ दोर्दी-६ किर्तीगाउँका १८ वर्षीय कृष्ण विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको जिल्ला अस्पताल ल्याउने क्रममा मृत्यु भएको हो । दुर्घटनामा चालक सिन्धुली कमलमाई-४ का २४ वर्षीय यामकुमार विक र ताप्लेजुङ पाथीभरा याङबरक-२ थेचम्बुका २० वर्षीय मन्दीप लिम्बु घाइते छन्। दुबैको बिएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस