जेष्ठ २१, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)को प्रभावशाली युवा संगठन राष्ट्रिय युवा संघ नेपालले खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । संघले काठमाडौँ महानगरपालिका वडा नं. २ लाजिम्पाटमा आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

मानविय सेवा नै धर्म भएको उल्लेख गर्दै जसले जे सक्छ त्यही सहयोग गर्न अपिल गर्दै विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण धेरै विरामीले रगत नपाइरहेको अवस्थालाई मध्यनजर गर्दै संघले रक्तदान कार्यक्रम आयोजना गरेको हो । रक्तदान कार्यक्रममा एक सय दई जनाले रक्तदान गरेका छन् ।

काठमाडौ महानगर वडा नं. २ का अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सांसद नारायण सिलवाल प्रमुख अतिथिको रुपमा रहनुभएको थियो । रक्तदान कार्यक्रममा राष्ट्रिय युवा सघंका केन्द्रीय सदस्य ललेन्द्र राइ, राष्ट्रिय युवा सघंका काठमाडौंका नेता प्रबिन श्रेष्ठ, रमेश रोकाया, सोनाम शर्पा, गणेश शर्पा, अमर तमाङ, श्याम कार्की, चन्द्रकला कार्की, वडा सदस्य पदम काजी महर्जन, विमला गुरूङ, इश्वरी परियार, पुर्ण लक्ष्मी रजक, एमाले सदस्य राजेश महर्जन, निर्मल नकर्मी, असोक पारियार लगायतको सहभागिता रहेको थियो । साथै आयोजकले स्थान उपलब्ध गराइदिने लाष्ट फ्राइडे रेष्टुरेन्टका सञ्चालक राजेश कार्कीलाइ धन्यवाद दिएकाे छ ।
मुलुकमा आउने जस्तोसुकै संकटमा अग्रभागमा रहने युवा संघले कोरोनाको रोकथाम तथा नियन्त्रणको लागि समेत विशेष भूमिका निर्वाह गर्दै आइरहेको छ । राष्ट्रिय युवा सघं नेपालका केन्द्रिय अध्यक्ष किरण पौडेलले अबका दिनमा कोरोना रोकथाम तथा नियन्त्रणको लागि आक्रामक रुपमा जनताको सेवामा समर्पित हुन घोषणा गरे अनुसार नै आजको कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।