• २०८३ जेष्ठ ४ गते सोमवार

दुई व्यक्ति मृत फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १४, काठमाडौँ । काठमाडौँको दुई छुट्टाछुट्टै स्थानमा दुई व्यक्ति मृत फेला परेका छन् । काठमाडौँको नागार्जुन नगरपालिका–३ सानोभ¥याङ डेरा गरी बस्ने मुस्ताङ भरतजङ्ग गाउँपालिका–४ का ४२ वर्षीय लोप्साङ गुरुङ आफ्नै कोठामा आज मृत फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै आजै काठमाडौँको तीलगङ्गास्थित एक होटलमा बसेका झापा दमक घर भएका ४५ वर्षीय नित्य रिजाल पनि मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । दुवै घटनाका विषममा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस