मंसिर १३, काठमाडौं । स्टार खेलाडी लिओनल मेस्सीले तीन असिस्ट दिएपछि फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन(पीएसजी)ले सहज जित निकालेको छ । आइतबार भएको खेलमा पीएसजीले १० खेलाडीमा सीमित सेन्ट इटिएनलाई ३-१ अन्तरले पराजित गरेको हो ।

पीएसजीको जितमा मेस्सीले तीन असिस्ट दिँदा मार्विन्होसले २ तथा एन्जेल डि मारियाले १ गोल गरे । जितसँगै पीएसजीले १५ खेलमा ४० अंक जोड्दै शीर्ष स्थानमा छ । सेन्ट इटिएन १२ अंक जोडेर २०औँ स्थानमा छ ।