• २०८३ बैशाख २२ गते मङ्गलवार

राप्रपा अध्यक्षमा थापाले गरे उम्मेदवारी घोषणा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १३, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मंसिर १५ देखि काठमाडौंमा हुने पार्टीको महाधिवेशनबाट फेरि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

आज काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा उनले आफूले केही नगरी नहुने काम बाँकी रहेको भन्दै पुनः अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताए । उनले भने, ‘अधुरा कामलाई अधुरै छाडेर पलायन हुने अनुमति मलाइ छैन ।’ राप्रपाको अध्यक्षमा यसअघि नै नेता राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस