मङ्सिर १३,पाल्पा । नेकपा (माओवादी केन्द्र) पाल्पाका १० स्थानीय तहमा सम्मेलनबाट समावेशी नेतृत्व चयन भएको छ । सम्मेलनबाट स्थानीय तहमा एक अध्यक्ष, एक महिलासहित तीन उपाध्यक्ष, एक सचिव, एक÷एक जना सहसचिव र कोषाध्यक्षसहितको ४९ देखि ५५ सदस्य कमिटी विस्तार गरिएको हो । नेकपा माओवादीका केन्द्रीय निर्वाचन सदस्य चक्रव्युह थापाका अनुसार स्थानीय तहमा सम्मेलनबाट निर्विरोध समावेशी नेतृत्व आएको बताउनुभयो ।
तानसेन नगरपालिकामा माओवादीको अध्यक्षमा प्रतिक्षा गाहा सिञ्जाली, उपाध्यक्षमा शान्ता सारु, मञ्जु विक, अमर राना, सचिव नवराज बस्याल र सहसचिव गोकुल पौडेल रहेका छन् । तिनाउ गाउँपालिकाको अध्यक्षमा, राजेश श्रेष्ठ, उपाध्यक्ष, दिनेश जिसी, पम्फा थापा, रेवन्त छहरी, सचिव गणेश रास्कोटी सहसचिव छवि गहतराज र कोषाध्यक्ष विक्रम राना निर्वाचित भएका हुन् ।
बगनाशकाली गाउँपालिकाको अध्यक्षमा कृष्णप्रसाद भुसाल, उपाध्यक्ष कौशल न्यौपाने, जीतेन्द्र गाहा, सचिव दीपेन्द्र ढकाल, कोषाध्यक्ष लोककुमारी बस्याल, रिब्दीकोट गाउँपालिकामा अध्यक्षमा नारायणबहादुर कार्की, उपाध्यक्षमा मिरा राना, हरि कुँवर, विजय श्रेष्ठ, सचिवमा नारायण लामटाङ्गे, सहसचिव नवराज ज्ञवाली र कोषाध्यक्ष विधान कार्की निर्वाचित हुनुभएको हो ।
पूर्वखोला गाउँपालिकाको अध्यक्षमा लीला सोमै, उपाध्यक्षमा तेजेन्द्र सिञ्जाली, कृष्ण खनाल, चन्द्र बर्मेली, सचिव अमृत कामु, सहसचिव हरि बाह्रघरे कोषाध्यक्ष धातानन्द भट्टराई चयन हुनुभएको छ । रामपुर नगरपालिकाको अध्यक्षमा यमबहादुर सुनार, उपाध्यक्षमा वीरबहादुर कुमाल, पदम अधिकारी, लक्ष्मी ढकाल, सचिव पिताम्बर भट्टराई, सहसचिव जयलाल विक र कोषाध्यक्षमा श्याम भट्टराई निर्वाचित हुनुभयो ।
निस्दी गाउँपालिकाको अध्यक्षमा रामप्रसाद खत्री, उपाध्यक्षमा नवलकुमार बयम्बु, जगत सुनारी, झममाया सुनारी सचिव भुपिन सुनारी सहसचिवमा नवीन आले र कोषाध्यक्षमा वेद खण्डलुक रहनुभएको छ । माथागडी गाउँपालिकाको अध्यक्षमा हरि चौहान, उपाध्यक्षमा मानबहादुर जिसी, प्रकाश जिसी, तीलकुमारी पोखरेल, सचिवमा राजेश नेपाली, सहसचिव चिन्तबहादुर बराल र कोषाध्यक्षमा कमला जिसी रहनुभएको छ ।
रम्भा गाउँपालिकाको अध्यक्षमा हिमाल अर्याल उपाध्यक्षमा धनबहादुर सिञ्जापति, सचिवमा विजय केसी, कोषाध्यक्षमा पदम नेपाली, निर्वाचित हुनुभएको नेकपा माओवादी केन्द्रले जनाएको छ । रैनादेवी छहरा गाउँपालिकाको अध्यक्षमा तुलराम गरम्जा, उपाध्यक्षमा कृष्ण भण्डारी, ढुण्डिराज ज्ञवाली, कविता खनाल, सचिवमा प्रदीप पौडेल, कोषाध्यक्ष बाबुराम सुनार, र सहसचिव तिलक थापा निर्वाचित हुनुभएको हो ।