• २०८३ बैशाख १५ गते मङ्गलवार

काँग्रेसले सार्वजनिक गर्‍यो थप ३ जिल्लाका क्रियाशील सदस्यहरुको नामावली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १२, काठमाडौँ । नेपाली कांग्रेसले १४औँ महाधिवेशनका लागि थप तीन जिल्लाका क्रियाशील सदस्यताको अन्तिम नामावली सूची सार्वजनिक गरेको छ । कैलाली, धनुषा र सर्लाहीको क्रियाशील सदस्यता नामावली सार्वजनिक गरिएको छ ।

कांग्रेसले यसअघि क्रियाशील सदस्यताको विवरण सार्वजनिक भएका जिल्लामा वडा अधिवेशन सम्पन्न गरी ती जिल्लामा गत शनिबारदेखि गाउँ, नगर अधिवेशन धमाधम भइरहेको छ।

हालसम्म १२ जिल्लामा वडा अधिवेशन गर्न बाँकी रहेको र ती सबै जिल्लाको क्रियाशील सदस्यताको सूची प्राप्त हुनासाथ एकै दिन वडा अधिवेशन प्रारम्भ गरिने न्द्रीय निर्वाचन समितिले जनाएको छ । अब कांग्रेसमा चार जिल्लाको मात्र क्रियाशील सदस्यता नामावली सार्वजनिक गर्न बाँकी छ।

Sharing

प्रतिक्रिया दिनुहोस