• २०८३ जेष्ठ १९ गते मङ्गलवार

माधव नेपाल तीन दिनदेखि अस्वस्थ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १३, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल अस्वस्थ भएका छन् । अध्यक्ष नेपाललाई रुघा, खोकी र ज्वरो आएको नेपालको नीजि सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपनि पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको छ । सोमबार बेलुकाबाट अस्वस्थ भएपछि अध्यक्ष नेपाल आफ्नै घरमा आराम गरिरहेका छन् ।

‘अवस्था सामान्य हो । घरमै आराम गरिरहनुभएको छ । सोमबारको तुलनामा स्वास्थ्यमा सुधार भइरहेको छ’, अध्यक्ष नेपालको सचिवालयले भनेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस