• २०८३ जेष्ठ २३ गते शनिवार

प्रदेश २: प्रदेशसभा बैठक असोज २० गते बस्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १३, जनकपुरधाम। प्रदेश २ सरकारको असोज २० गते प्रदेश सभा बैठक बस्ने भएको छ । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को निर्णयले बैठक डाकिएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तिरक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले जानकारी दिए ।

 

उनका अनुसार बैठकमा मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिने कार्यसूची रहेको छ । प्रदेशसभामा अहिले सात दलको प्रतिनिधित्व छ । एकीकृत समाजवादी सरकारमा जाने तयारी गरिरहेका छन् । बाँकी नेपाली कांग्रेस र माओवादी केन्द्र जनता समाजवादी पार्टी नेपाल (जसपा)को नेतृत्वमा सरकारमा छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस