• २०८३ मङ्सिर ५ गते शुक्रवार

जन्डिसको उपचार गर्न नेता वर्षमान पुन बैंकक प्रस्थान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १३, काठमाडौँ। नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुन जन्डिसको उपचारका लागि बैंकक प्रस्थान गर्नुभएको छ । नेपालका वरिष्ठ चिकित्सकहरूको सल्लाहमा थप उपचारका लागि पुन बैंकक जानुभएको हो ।

उहाँको साथमा पूर्व सभामुख तथा पत्नी ओनसरी घर्ती पनि हुनुहुन्छ । पूर्व मन्त्री समेत रहेका पुन केही समयदेखि अस्वस्थ भएपछि सुमेरु अस्पतालमा उपचार गर्दै आउनुभएको थियो ।

जन्डिसबाट पीडित पुनको स्वास्थ्यमा खासै सुधार भएको थिएन । उपचारमा संलग्न चिकित्सकका अनुसार नेता पुनलाई वंशाणुगत रूपमा सङ्क्रमण भएको जन्डिसले दुःख दिने गरे बताइएको छ । नेता पुनको थप उपचार थाइल्याण्डको बुरमुङगार्ड अस्पतालमा गरिने भएको छ । यसअघि २०७२ सालमा पनि उनको बैंककमै उपचार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस