• २०८३ बैशाख २५ गते शुक्रवार

मुगु अस्पताल : ७ महिना देखि ब्यवस्थापन समितिरित्त , प्रशासकिन काम काजमा अड्चन

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

साउन १४, मुगु । जिल्ला अस्पताल मुगुमा ब्यबस्थापन समितिको पद रित्त हुदा प्रशासनिक काम काज लगायत अस्पताल ब्यवस्थापनमा निकै बाधा पुगेको छ । गत माघ महिनादेखि अस्पताल ब्यबस्थापन समिति खाली भएको र हालसम्मपनि समिति गठन नहुँदा अस्पतालमा ब्यवस्थापन समितिको पद रित्त रहेको हो ।

कर्णालीप्रदेश सरकारको माताहतमा रहेको अस्पताल ७ महिना सम्म समिति रिक्त हुदा भौतिक पूर्बाधार मर्मत सम्भार, कर्मचारी परिचालन ब्यवस्थापन, आर्थिक लेखाजोखा, अनुगमन लगायत प्रशासनिक काममा बाधा पुगेको अस्पताल श्रोतले बताएको छ । ७ महिनादेखि खाली भएको अस्पताल ब्यबस्थापन समिति गठन नहुँदा प्रशासनिक कामकाज लगायत सबै कार्यमा बाधा, असहज उत्पन्न भएको निमित्त जिल्ला स्वास्थ्य सेवा ब्यवस्थापक दिपबहादुर रावले बताए ।

कर्णाली प्रदेश सामाजिक बिकास मन्त्रालयले ब्याबस्थापन समितिको अध्यक्षको नियुक्ति गर्ने र उक्त अध्यक्षले समितिलाई पूर्णता दिने नियम भएपनि अहिलेसम्म अन्योलमा रहेको बताए ।

समितिले पूर्णता नपाउँदा जिल्ला स्वास्थ्य सेवा ब्यबस्थापकलाई पनि अस्पताल संचालनमा असहज भएको छ । समिति नहुँदा कसरी कामकाज गर्ने भनेर कर्मचारी स्वास्थ्यकर्मी र चिकित्सक समेत अन्योलमा परेका छन । जिल्ला अस्पतालमा ब्याबस्थापन समिति गठन ढिलाईले प्रशासनिक कामकाज लथालिङ्ग अबस्था देखिएको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर सिवाकोटीले भने, उनले भने “प्रदेश सरकारले चाडो समिति गठन प्रकृयालाई पूर्णतादिनु पर्छ ।”

करारको भरमाजिल्ला अस्पताल
जिल्ला अस्पतालमा करार सेवामा १२ जना चिकित्सक कार्यरत छन् । १० जना एमबीबिएस र २ जना ड्यान्टल सेवातिरका छन् । जिल्ला अस्पतालमा ९ औँ तहको डाक्टर प्रमुख हुने ब्यवस्था भएपनि यतिबेला स्थायी डाक्टर अथवा बिशेषज्ञ डाक्टर पनि छैनन। जिल्लामा स्थायी दरबन्दिमा रहेका २ जना हाल माथिल्लो तहअध्यनमा गएका छन् । स्थायी चिकित्सक नहुँदा स्वास्थ्य सेवा ब्यबस्थाक नियुक्तिमा उत्तिकै अन्योल देखिएको छ । मन्त्रालयले सधै निमित्त स्वास्थ्य सेवा ब्यबस्थाक खटाएर कामकाज गर्ने गरिएको छ । अस्पातलमा स्थायी भए उसैले स्वास्थ्य सेवा ब्यबस्थापक हुने र मन्त्रालयले अर्को ब्यक्तिलाई नियुक्ति गर्नु पर्ने झन्झट देखिदैन । सधै जसो निमित्त कार्यालय प्रमुखको भरमा चल्ने यो अस्पताल हाल करार डाक्टरको भरमा चलेको छ ।

नवौँ तहको स्थायी चिकित्सकको लागि प्रदेश तथा संघीय स्वास्थ्य मन्त्रालयमा माग गर्दा सुनुवाई नभएको अस्पतालले जनाएको छ । करार सेवामा कार्यरत चिकित्सकले सिमित बिरामीको उपचारमा मात्र काम गर्ने प्रशासनिक तथा कारोवार गर्न अधिकार नहुँदा समस्या उत्पन्न हुने गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस