असार १५, एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलको प्रीक्वाटरफाइनल अन्तर्गत अहिले इंग्ल्यान्ड र जर्मनीबीच प्रतिस्पर्धा भईरहेको छ । लण्डनस्थित वेम्बली स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा इंग्ल्यान्ड र जर्मनीले गोलरहित बराबरी खेलेका छन् ।

पहिलो हाफमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । जसको कारण पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको हो । आज दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने लक्ष्यमा रहेका छन् ।