• २०८३ असार १० गते बुधवार

नक्कली ब्लुबुकसहित चार जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १५, काठमाडौँ। भारतबाट कार चोरी गरेर ल्याएर नेपालमा बिक्री गर्ने चार जनालाई नक्कली ब्लुबुकसहित प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले कार चोरीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएसँगै भारतमा चोरिएका कार नेपालमा प्रयोग हुने गरेको खुलेको हो ।

प्रहरीले नक्कली ब्लूबुक बनाएको अभियोगमा भीमसेनगोलाबाट थप दुई जनालाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम भने सार्वजनिक गरिसकिएको छैन । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस