• २०८३ जेष्ठ ३० गते शनिवार

ए डिभिजन लिग असोज ३ बाट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १५, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता असोजको पहिलो साताबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार यस वर्षको ए डिभिजन लिग असोज ३ गतेबाट सुरु हुने जनाएको हो ।


एन्फाले ए डिभिजनका १४ क्लबसँग छलफल गर्दै लिगको मिति तय गरेको हो । यस्तै एन्फाले लिगका लागि जुलाई ३० बाट खेलाडी दर्ता खुला हुने समेत जनाएको छ । एन्फाले प्रतियोगिता असोजमा सुरु हुने मिति घोषणा गरेपनि सकिने मिति खुलाएको छैन ।

एन्फाको क्यालेन्डर अनुसार ए डिभिजन लिग भदौ देखि चैतसम्म सञ्चालन गर्ने उल्लेख छ । तर, एन्फाले यस सिजनको शीर्ष डिभिजन लिग करिब ६ महिना सञ्चालन गर्ने तयारी गरेको छ । कोरोना भाईरसको महामारीको कारण अघिल्लो वर्ष ए डिभिजन लिग आयोजना भएको थिएन ।

Sharing

प्रतिक्रिया दिनुहोस