• २०८३ जेष्ठ २ गते शनिवार

भारतमा ३ लाख ७९ हजारभन्दा बढी कोरोना सङ्क्रमित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १६, काठमाडौँ। भारतमा गएको २४ घण्टामा ३ लाख ७९ हजारभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । यस्तै यो अवधिमा ३ हजार ६ सय ४७ जनाको ज्यान गएको छ ।

महाराष्ट्रमा मात्रै झण्डै एक हजार जनाको ज्यान गएको छ । यस्तै, पछिल्लो २४ घण्टामा राजधानी दिल्लीमा झण्डै २६ हजारलाई सङ्क्रमण भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पश्चिम बङ्गालमा १७ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् । योसँगै भारतमा कोरोना सङ्क्रमितको संख्या एक करोड ३ लाख ६ हजारभन्दा धेरै पुगेको छ । अहिलेसम्म त्यहाँ कोरोनाका कारण २ लाखभन्दा धेरैको ज्यान गएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस