• २०८३ असार ८ गते सोमवार

माथिल्लो तामाकोशी : मुख्य सुरुङमा आज पानी छाडिँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

वैशाख १६,दोलखा । बहुचर्चित राष्ट्रिय गौरवको जलविद्युत आयोजना माथिल्लो तामाकोसीको निर्माण कार्य लगभग सम्पन्न भएको छ । दोलखाको विगु गाउँपालिका– १ स्थित लामाबगरमा निर्माणाधीन यस आयोजनाको मुख्य सुरूङमा आदेखि पानी छाडिने भएको छ ।

विगत १० वर्षदेखि निर्माणाधीन रहेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले वैशाखभित्रै विद्युत उत्पादन थाल्ने भएको हो । पूर्ण स्वदेशी लगानीमा निर्धाणाधीन कुल ४५६ मेगावाट क्षमताको यस आयोजनाले बैशाखभित्रै ६७ मेगावाट उत्पादन थाल्ने बताइएको छ ।

आयोजनाको मुख्य सुरुङमा आज (बिहीबार) पानी पठाउने तयारी सबै पूरा भएको छ । आयोजनाकै सबभन्दा जटिल मानिएको ३१० मिटरको माथिल्लो र ३७३ मिटरको तल्लो भर्टिकल सुरुङको बीचको तेर्सो भागमा जडान थालिएको पेनस्टक पाइपको कार्य सम्पन्न भइसकेको छ । यससंगै मुख्य सुरुङमा पानी हालेर परीक्षण सुरु गर्न लागिएको हो । परीक्षण सफल भएमा यसै महिनाभित्र विद्युत उत्पादन सुरू हुनेछ ।

सिभिल र हाइड्रो मेकानिकल संरचनामा पानी परीक्षण कार्य सहुनेछ । यो कार्य सफलतापूर्वक सम्पन्न भएपछि मुख्य सुरुङ र पेनस्टकमा जम्मा भएको पानीले भूमिगत विद्युतगृहमा जडान गरिएका ६ वटा टर्बाइन र ६ वटा जेनेरेटरहरूको क्रमैसँग परीक्षण र कमिसनिङ कार्य प्रारम्भ हुने बताइएको छ । सोही क्रममा पहिलो युनिटबाट २०७८ वैशाख मसान्तसम्म विद्युत् उत्पादन शुरु हुने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका अध्यक्ष हितेन्द्रदेव शाक्यले बताउनुभयो । उहाँका अनुसार भूकम्प, बाढीपहिरो, कोरोना कहर जस्ता विभिन्न समस्या झेल्दै आएको आयोजना निरन्तरको प्रयासबाट अब विद्युत् उत्पादन शुरु गर्न सक्ने अवस्थामा पुगेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस