चैत १६, इङ्ल्यान्ड। इङ्ल्यान्डविरुद्धको एकदिवसीय सिरिज घरेलु टिम भारतले जितेको छ । तीन खेलको एकदिवसीय सिरिज भारतले जितेको हो । आइतबार भएको तेस्रो तथा अन्तिम खेलमा इङ्यान्डलाई भारतले ७ रनले पराजित गरेको हो ।
भारतले सिरिज २–१ ले आफ्नो बनायो ।भारतले दिएको ३३० रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले ५० ओभरमा ९ विकेट गुमाएर मात्र ३२२ रन बनाउन सक्यो ।इङ्ल्यान्डका लागि साम करणले अविजित रहँदै ९५ रनको अर्धशतकीय पारी खेले । त्यस्तै डेविड मालनले ५० रनको अर्धशतकीय पारी खेल्दा लियाम लिभिङस्टोनले ३६ रन बनाए ।