• २०८३ असार ११ गते बिहिवार

सोलुखुम्बुमा रातो हाब्रे तस्करी गर्ने दुई पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १६, सोलुखुम्बु । दुर्लभ वन्यजन्तु रातो हाब्रेको तस्करीमा संलग्न गिरोहमध्येका थप दुई जनालाई सोलुखुम्बु प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा माप्य दूधकोशी गाउँपालिका–६ का ३० वर्षीय राजेश मगर र ४६ वर्षीय भक्तबहादुर मगर छन् ।

उनीहरुलाई सोलुदूधकुण्ड नगरपालिका–५ बाट एक थान हाब्रेको छालासहित शुक्रबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले बताए । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि मकालु वरुण राष्ट्रिय निकुञ्जको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । गत आइतबार महाकुलुङबाट सातवटा रातो हाब्रेको छाला र पाँचवटा पासोसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र वन्यजन्तुको शिकारमा संलग्न भएको आशङ्कामा पक्राउ परेकाहरुकै बयानका आधारमा थप दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस