• २०८३ बैशाख ४ गते शुक्रवार

प्रतिकुल मौसमका कारण  १ सय २४ उडान रद्द

पत्रपत्रिका पढ्न लाग्ने समय : १ मिनेट

चैत १६,काठमाडौँ । शुक्रबारदेखि प्रतिकुल मौसमका कारण १ सय २४ उडान रद्द भएको छ । वायु प्रदुषणका कारण मौसम प्रभावित भई उडान रद्द हुँदा आन्तरिक तथा बाह्य हवाई सेवा प्रभावित भएको हो ।

शुक्रबार, शनिबार र आइतबारसम्म देशभरि नै विकसित भएको वायु प्रदुषणका कारण आन्तरिकतर्फ शुक्रबार २४, शनिबार ५६ र आइतबार बेलुका ६ बजेसम्म ४४ उडान रद्द भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका आन्तरिक तर्मिनल व्यवस्थापन प्रमुख पूर्णप्रसाद चुडालले बताए । अन्तर्राष्ट्रियमा भने तीन दिनमा ३ उडान प्रभावित भएका छन् । यो समाचार आजको कारोबार दैनिकमा छ ।

Sharing

प्रतिक्रिया दिनुहोस