माघ १७, रोल्पा । थबाङ गाउँपालिका स्तरीय खोप समन्वय समितीको पुर्ण खोप सुनिस्चितता तथादिगोपन सम्बन्धी एक दिने अभिमुखिकरण गोष्ठि कार्यक्रम थबाङमा सम्पन्न भएको छ । कार्यक्रको गाउँपालिकाका अध्यक्ष्यवीर बहादुर घर्तीको अध्यक्षता आयोजित पालिकास्तरीय खोप समन्वय समितीको पुर्ण खोप सुनिस्चितता तथा दिगोपन साथै नियमितखोप सवामार्फत सरसफाई पर्वद्धन कार्यक्रमसम्बन्धी एक दिने अभिमुखिकरण गोष्ठि कार्यक्रम सम्पन्नभएको हो ।
गाउँपालिकाको सभाहलमा आयोजित गोष्ठि कार्यक्रममा चाल आर्थिक वर्ष २०७६।०७७को वार्षिक बजेटको स्वीकृत कार्यक्रम अनुसार पालिकास्तरीय खोप समन्वय समितीको पुर्ण खोप सुनिस्चितता तथा दिगोपन सम्बन्धी एक दिने अभिमुखिकरण गोष्ठि कार्यक्रम आयोजना गरिएको आधारभुत स्वास्थ्य तथा सरसफाई शाखा संयोजक तुलबहादुर पुनले बताउनु भयो ।
कार्यक्रमको समापनमा बोल्दै गाउँपालिका अध्यक्षवीर बहादुर घर्तीले गाउँपालिका पुर्ण खोप सुनिस्चितता तथा दिगोपन तर्फ सधै तत्परताको साथ लागीरहेको बताउनु भयो । गर्भवतीमहिला र जन्मे देखि २४ महिना मुनिका कुनै पनि बालवालिका खोप लगाउनबाट नछुट्नको लागि विभिन्न जानकारी तथा सचेतनामुलक सन्देश प्रभावमा सबै लाग्न समेत अनुरोध गर्नु भएको थियो ।
कार्यक्रममा गत आर्थिक वर्ष २०७६। २०७७को गाउँपालिका स्तरको खोप अवस्था समिक्षातथा प्रस्तुतीकरण, पुर्ण खाप सुनिस्चितता तथा दिगोपन बारेमा छलफल एवं प्रस्तुतिकिरण गरिएको थियो । थबाङ गाउँपालिका आधारभुत स्वास्थ्यतथा सरसफाई शाखाको एक दिने पालिका स्तरीय खोप समन्वय समितीको पुर्ण खोप सुनिस्चितथातथादिगोपन सम्बन्धी एक दिने अभिमुखिकरण गोष्ठि कार्यक्रमआयोजनमा सम्पन्नभएको थियो ।
पुर्ण खोप सुनिस्चितता तथा दिगोपन सम्बन्धी एक दिने अभिमुखिकरण गोष्ठि कार्यक्रमको सन्चालन आधारभुत स्वास्थ्यतथा सरसफाई शाखा संयोजक तुलबहादुर पुनले गर्नुभएको थियो । कार्यक्रमको व्यवस्थापन आधारभुत स्वास्थ्यतथा सरसफाई शाखासह संयोजक धनबहादुर पनुले गर्नु भएको थियो भने जलजला अस्पताल तथा अनुसन्धान केन्द्रको निमित्तप्रमुख राजकुमार बुढाले कार्यक्रममा प्रस्तुतिकरण गर्नुभएको थियो ।