• २०८३ बैशाख ४ गते शुक्रवार

नेकपा बाग्मती प्रदेश संगठन कमिटीले बृहत मोटरसाइकल र्‍याली गर्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा), बाग्मती प्रदेश संगठन कमिटीले माघ २१ गते बृहत मोटरसाइकल र्‍याली गर्ने भएको छ । नेकपाले राष्ट्रियता, स्वाथिनता, स्थायित्व र विकासको निरन्तरताको लागि ताजा जनादेश भन्ने नाराको साथ मोटरसाइकल र्‍याली गर्ने भएको हो ।

माघ २३ गते नेकपाको काठमाडौमा हुन लागेको बृहत शक्ती प्रर्दशनको प्रचारका लागि माघ २१ थते काठमाडौमा बृहत मोटरसाइकल र्‍याली हुनलागेको नेकपाका एक नेताले बताए । मोटरसाइकल र्‍याली बालकुमारी पुल, ललितपुरबाट माघ २१ गते दिउसो १ बजे सुरुहुने पनि उनले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस