• २०८३ बैशाख ११ गते शुक्रवार

बस दुर्घटना हुँदा १५ जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १६, हेटौंडा। मकवानपुरमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् भने घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ । आज विहान जिल्लाको धियाँलबाट हेटौंडा बजारतर्फ आइरहेको ना।३ ख ३३४४ नम्बरको बस बकैया गाउँपालिका–४, छतिवनमा बस अनियन्त्रित भएर दुर्घटना हुदा १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घाइतेहरुको छतिवनस्थित प्रहरी चौकी हात्तिसुँढेमा प्राथमिक उपचार गरिएको थियो । गम्भिर घाइते सात जनालाई थप उपचारका लागि हेटौंडा रिफर गरिएको छ । दुर्घटना भएको स्थान मकवानपुर सदरमुकाम हेटौंडाबाट करिब २८ किलोमिटर पूर्वमा पर्दछ ।

Sharing

प्रतिक्रिया दिनुहोस