पौष १३, काठमाडौँ । रौतहटमा भएको कार दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । उनीहरूमध्ये पाँचजनाको पहिचान भइसकेको छ ।

ज्यान गुमाउनेहरूमा गढीमाई नगरपालिका ३ गम्हरीयाका १६ वर्षीय शेख नैसाद, २२ वर्षीय शेख सैनुल्लाह, ५५ वर्षीय डा. मेसाफिर अन्सारी, २५ वर्षीय शेख छोटु र १५ वर्षीय शेख अजिबुल्लाह रहेका छन् ।
१६ वर्षीय शेख अलफाजलाई उपचारको वीरगञ्जमा पठाएको छ । १५ वर्षीय शेख अमानत र वर्ष १७ को शेख करिमुल्लाहको ग्रान्डी हस्पिटलमा उपचार भइरहेको छ ।
https://khabar24nepal.com/12/28/2021/103932