• २०८३ जेष्ठ ३० गते शनिवार

२६४ जनामा कोरोना संक्रमण, २६० जना डिस्चार्ज

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १३, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा थप २ सय ६४ जनामा कोरोना ९कोभिड(१९० संक्रमण भएको छ । योसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २७ हजार ७ सय ६३ जना पुगेको छ ।

मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय १० जना रहेका छन । मन्त्रालयका अनुसार आज २ सय ६० जना डिस्चार्ज भएका छन । योसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख ११ हजार २ सय ६५ जना रहेको छ ।

पछिल्लो चौबिस घण्टामा थप २ जनाको मृत्यु भएको छ । योसगै मृत्यु हुनेको संख्या ११ हजार ५ सय ८८ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस