• २०८३ जेष्ठ २४ गते आइतवार

कास्की कांग्रेसका सभापतिमा बराल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मङ्सिर १२,गण्डकी । नेपाली कांग्रेस कास्कीको सभापति पदमा किशोरदत्त बराल विजयी बन्नुभएको छ । शनिबार सम्पन्न दोस्रो चरणका मतदानमा उहाँले सुदीपमोहन भट्टराईलाई पराजित गर्नुभएको हो ।

शुक्रबारको पहिलो चरणको मतदानमा सभापतिका प्रत्यासी पाँच मध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि शनिबार पुनः नेताद्वय बराल र भट्टराईबीच पुनः मतदान भएको थियो । कांग्रेसको विधानअनुसार जिल्ला सभापति बन्न ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने व्यवस्था छ ।

कांग्रेसको २०८८ मतदाता रहेकामा शनिबार एक हजार ९२६ मत खसेको थियो । ती मध्ये बरालले ९९५ र भट्टराईले ९१५ मत प्राप्त गर्नुभयो । पहिलो चरणका निर्वाचनमा दुई हजार २५ मत खसेको थियो भने ४७ मत भने बदर भएको थियो । उक्त चरणमा आइबहादुर गुरुङ, पोषनाथ शर्मा, गिरीराज गौतम पनि प्रत्यासी हुनुहुन्थ्यो ।

Sharing

प्रतिक्रिया दिनुहोस