• २०८३ बैशाख २९ गते मङ्गलवार

एमाले महाधिवेशन : तनहुँबाट पाँच आकाङ्क्षी

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

मङ्सिर १२,तनहुँ ।  नेकपा (एमाले)को चितवनमा जारी महाधिवेशनमा तनहुँका पाँच जनाले पदाधिकारीसहित केन्द्रीय सदस्यमा आकाङ्क्षा व्यक्त गर्नुभएको छ । जिल्लाबाट उपाध्यक्षसहित पाँच जनाले केन्द्रीय सदस्यमा आकाङ्क्षा व्यक्त गर्नुभएको हो ।

स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेश संयोजक किरण गुरुङले उपाध्यक्ष पदमा आकाङ्क्षा व्यक्त गर्नुभएको छ । गत महाधिवेशनमा उपाध्यक्ष पदमा पराजित हुनुभएका उहाँले यस पटक पनि सोही पदमा आकाङ्क्षा व्यक्त गर्नुभएको छ ।

त्यस्तै केन्द्रीय सदस्य एकबहादुर राना, केन्द्रीय सल्लाहकार परिषद्का सदस्य टुकराज सिग्देल, राष्ट्रियसभा सदस्य भगवती न्यौपाने र गण्डकी प्रदेशसभा सदस्य रामबहादुर गुरुङले एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

नेता राना र गुरुङले जनजाति कोटाबाट, सिग्देलले गण्डकी प्रदेशको भूगोलबाट र न्यौपाने महिला कोटाबाट उम्मेदवार बन्ने बताउनुभयो । एमालेले यसपटक ३३ प्रतिशत महिला केन्द्रीय सदस्य प्रत्याभूति गरेको हुँदा न्यौपाने केन्द्रीय सदस्य बन्नेमा ढुक्क रहेको बताउनुभयो । यसपटक पार्टी नेताहरुकै सल्लाहमा केन्द्रीय सदस्यको उम्मेदवार बन्ने र विजयीसमेत हुनेमा ढुक्क रहेको उहाँले बताउनुभयो ।

विसं २०५१ मा नेकपा (एमाले)को सदस्यता प्राप्त गर्नुभएकी उहाँ विसं २०५६ बाट यता निरन्तर एमालेको जिल्ला कमिटीमा विभिन्न पदको जिम्मेवारीमा हुनुहुन्छ । न्यौपाने हाल एमाले तनहँुका सचिव तथा अखिल नेपाल महिला सङ्घको केन्द्रीय सदस्य र तनहँु जिल्ला इन्चार्जसमेत हुनुहुन्छ ।

गण्डकी प्रदेशसभा सदस्य रामबहादुर गुरुङले जनजाति कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने जानकारी दिनुभयो । गत कात्तिक २७ गते तनहुँमा प्रतिनिधि छनोट गर्ने क्रममा उहाँ जिल्लाबाट छनोट हुन सक्नुभएको थिएन । गलैँचा निर्यात सङ्घका केन्द्रीय अध्यक्षसमेत रहनुभएका उहाँले उद्योगी व्यवसायीको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा उम्मेदवारी दिने जानकारी दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस